डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, ११ : १२
डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता

काठमाडौँ । डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका-११ सिमारका प्रकाश नेपालीका अढाइ वर्षीय छोरा रेन्जर नेपाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

शुक्रवार  दिउँसो नदीमा  फुपूसँगै गएका बालक बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरीले जानकारी दिए । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस