ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०८०, १२ : ४१
ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका-२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस