बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिगामी कदमविरुद्ध समाजवादी मोर्चा बनेको बताएका छन् । आज बुटवलमा हुने मोर्चाको भेलालाई सम्बोधन आएका नेपालले भैरहवा पत्रकारसँग कुरा गर्दै नेपालले वामपन्थी, देशभक्त र लोकतान्त्रिक सबै शक्ति एकै ठाउँ उभिएर प्रतिगमन र अनुचित कदमका विरुद्ध एकताबद्ध भएर जनताको पक्षमा लाग्न मोर्चा बनेको बताएका हुन् ।
संविधानको रक्षा र समाजवादी व्यवस्थाका लागि मोर्चा बनेको अध्यक्ष नेपालको भनाई छ । उनले अहिले मुलुकमा बिचौलिया, दलाल पुँजीपतिहरू हाबी भएकोले देशमा आर्थिक सङ्कट पैदा भएको टिप्पणी गरे । उनले मुलुकमा उत्पन्न राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक जस्ता समस्याहरूको समाधानका लागि समेत मोर्चाले सातै प्रदेशमा मोर्चा निर्माण गर्नुपरेको बताए ।
नेपालले निर्वाचन परिणामले कुनै पनि दलको बहुमत नआएकाले सबै मिलेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताए । उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्न समेत कार्यकर्तालाई आग्रह गरे । उनले संघ, प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा जोड दिए ।
उनले पछिल्लो समय धरानमा सामाजिक सद्भाव बिथोल्ने खालको घटना देखिएको बताउँदै एक अर्काबीच धार्मिक सद्भाव कायम गर्न आग्रह गरे । नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएकाले सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण गर्नुपर्ने अध्यक्ष नेपालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संस्कृति तथा पहिचानको संरक्षण गर्न आवश्यक छः अध्यक्ष नेपाल
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल