बामदेव निवासमा एमाले स्थायी समितिकोे बैठक बस्ने

शुक्रबार, ०७ पुस २०७४, १० : ३९
बामदेव निवासमा एमाले स्थायी समितिकोे बैठक बस्ने

एमाले स्थायी समितिकोे बैठक आज १ बजे बस्दैछ । बरिष्ठ उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने बैठकले पार्टी एकता, निर्वाचनको समीक्षा र सरकार गठनका विषयमा ठोस धारणा तय गर्ने बुझिएको छ । एमाले उपाध्यक्ष गौतले बर्दिया–१ मा प्रतिनीधिसभा चुनावमा हार व्योरेका थिए । पार्टीभित्र अन्तर्घात भएको भन्दै एमालेले छानविनका लागि समिति नै बनाएको छ । यस्तोमा गौतम निवासमा स्थायी समिति वैठक बस्न थालेको हो ।
आज बस्ने एमाले बैठक प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको पहिलो हो ।
एमाले प्रचारविभाग सचिव बिष्णु रिजालले बैठकमा समसामयिक र महत्वपुर्ण विषयमा छलफल हुने बताए ।
यसैवीच आजै एमाले बैठकपछि एमाले माओवादी केन्द्र्रको पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको छ ।
एकता संयोजन समितिका सदस्य एवम् माओवादी नेता नारायणकाजी नेता श्रेष्ठका अनुसार आजको बैठकबाट एकताको प्रकृया सुरु हुनेछ ।
एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम छन् भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायाकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस