काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताएका छन् । बुधवार विज्ञप्ति जारी गर्दैै गौरा पर्वको अवसर शुभकामना व्यक्त गरेका देउवाले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताए ।
‘विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन् । जसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ भदौ २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रजले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा लाग्नुपर्छ : देउवा
सभापति देउवासँग सहायक विदेशमन्त्री लूको भेट
कांग्रेस समावेशी लोकतन्त्रको पक्षमा छ : देउवा
बूढानीलकण्ठ मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्छु : सभापति देउवा
उपसभापति र महामन्त्रीसँग देउवाको छलफल जारी
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता