काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रलाई सरकार बाहिर राख्ने प्रयास भइरहेको दाबी गरेका छन् ।माओवादीको उपत्यका विशेष प्रदेश समितिको बैठकमा उनले हरेक कोणबाट माओवादीलाई दबाब आइरहेको दाबी गरेका हुन् ।
उपमहासचिव पुनले एमाले, रास्वपा, राप्रपासहित सरकार र कांग्रेस(एमालेको सरकार बनाउने प्रयास भएको बताए । उनले माओवादी केन्द्रले राम्रो काम गरिरहेकाले सम्भव नभएको भन्दै उक्त प्रयास असफल भएको बताए ।
उपमहासचिव पुनले यस्ता प्रयास रोक्न संगठनको आवश्यक रहेको बताउँदै तीन महिने अभियान सफल बनाउन आग्रह गरे । उपमहासचिव पुनले माओवादीले गरेको कामहरूको प्रचार गर्न आवश्यक रहेको चर्चा गर्दै तीन महिनामा नतिजा देखिने गरी काम गर्नुपर्ने बताए । माओवादी नेतृत्वको सरकारले राम्रो काम गरिरहेको र जनताले पनि साथ दिएको कारण यसको फाइँदा पार्टीले लिनु पर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : वर्षमान पुन
गलत नियत छोप्न स्थिरताको विषय ल्याइयो : वर्षमान पुन
जनयुद्ध नस्विकार्नेको भण्डाफोर गर्छौंः वर्षमान पुन