बाग्लुङ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी बढाउन आवश्यक भएको बताएका छन् । उनले अनुत्पादक क्षेत्रमा लगानी बढ्दा रोजगारीका अवसर सङ्कुचित भएका बताए ।
नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटीको आयोजनामा आज भएको विचार गोष्ठीमा पूर्वअर्थमन्त्री पुनले रोजगारीका अवसर सृजना गरेर युवा वर्गलाई विदेश पलायन हुनबाट जोगाउनुपर्नेमा जोड दिए । उनले लोकतन्त्रिक प्रणालीको संरचनामा सुधार गर्ने, नेतृत्वमा फेरबदल र सङ्गठनको सुधार गर्न आवश्यक रहेको बताए ।
साथै उनले देशमा परिवर्तनका निम्ति माओवादीको ठूलो योगदान रहेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गलत नियत छोप्न स्थिरताको विषय ल्याइयो : वर्षमान पुन
जनयुद्ध नस्विकार्नेको भण्डाफोर गर्छौंः वर्षमान पुन