काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले महिला, दलित, जनजातिसहितको अधिकार खोस्ने गरी संविधान संशोधन गर्न खोजिए मान्य नहुने बताएका छन् ।अस्थिरतालाई कारण देखाउँदै संशोधन गर्ने भनिए पनि यसमा सही नियत नभएको उनले बताए ।
‘संविधान संशोधन गर्ने विषयमा अस्थिरतालाई कारण देखाइयो । साढे तीन वर्ष नेकपाको दुई तिहाइको सरकार हुँदा स्थिरता थियो त ?,’ पुनले भने, ‘४८ देखि ६३ सालसम्म अधिकांश समय प्रमुख दुई दलकै सरकार थियो । के यो बीचमा स्थिरता थियो ?’
यसैले असल नियतले भन्दा पनि बेठीक विषयलाई छोप्न नयाँ समीकरण बनेको उनको दाबी थियो ।‘महिला, दलित, जनजाति वा १० औं लाखले पाएका अधिकार खोस्न र आफ्ना असक्षमताको लुकाउन संशोधनको विषय ल्याइएको हो कि भन्नेमा हाम्रो आशंका छ,’ पुनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ साउन २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : वर्षमान पुन
जनयुद्ध नस्विकार्नेको भण्डाफोर गर्छौंः वर्षमान पुन