काठमाडौ । जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरका व्यक्तिलाई जबरजस्ती करणी अभियोगमा सजाय भुक्तानका लागि बाल सुधार गृह सानोठिमीमा पठाइएको थियो ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका हाल २१ वर्ष पुगेका उनै कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।
उनको मृत्युपछि बाल सुधार गृह तनावग्रस्त बनेको थियो । शनिबारदेखिनै ज्वरो आएपछि परिवारलाई खबर गरेको र राति सिटामोल खाएर सुते पनि बिहान बिहोस पाइएपछि नागरिक अस्पतालमा उपचारका लागि लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको थियो ।
बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट नाराबाजी गर्दै भित्रै पसेपछि आइतबार पनि सुधार गृहको स्थिति तनावग्रस्त भएको थियो ।
मृतकका अफन्तले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
मृतकको बाँया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखिनै आँखामा समस्या रहेको र ज्वरो आएको प्रहरीको भनाइ थियो । सुधार गृहले परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण प्रष्टसँग जानकारी नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी बृत्त थिमिको प्रहरी निरीक्षकले टोलीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका थिए ।
उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको सहमति पछि आइतबार साँझ घटनाले सहज रुप लिए पनि सोमबार दिउँसो सहमति विपरित मृतकका आफन्त फेरी सुधार गृह गएर नाराबाजी गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेको प्रहरीको भनाइ छ ।
त्यसपछि मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीमा रहेको बाल सुधार गृहको मुख्य गेट तोडफोड गरी बालबन्दी फरार भएका थिए । सो क्रममा सुरक्षाकर्मीतर्फ १९ र बालबन्दीतर्फ १० घाइते भएका थिए ।
यस्तै फरारमध्ये दुई सय चार जना पक्राउ परेका छन् भने १७ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ भदौ २०८०, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
तीनकुने झडपमा सशस्त्र प्रहरीका ७ जना घाइते
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नयाँ बानेश्वरको प्रदर्शनमा झडप, डीएसपी पौडेल घाइते
महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला
नवलपरासी पश्चिमको बेलासपुरमा दुई समूहबिच झडप, प्रहरी सहित २० जना घाइते