काठमाडौँ । पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा गए राति काठमाडौँमा निधन भएको हो ।पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित रहेका थिए ।
विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिएका आचार्यले लामो समय पत्रकारिता गरेका थिए ।उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको पत्रकार नारायण सापकोटाले जानकारी दिए । उनका श्रीमति, तीन छोरा र दुई छोरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १५ : ५०
लेखकबाट थप