संसद्‌भित्र निकास खोज्ने अवस्थाको सिर्जना गर्न सकिरहेका छैनौं : केदार कार्की

सफल खबर संवाददाता

शुक्रबार, ०१ भदौ २०८०, १६ : १५
संसद्‌भित्र निकास खोज्ने अवस्थाको सिर्जना गर्न सकिरहेका छैनौं : केदार कार्की

विराटनगर। नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश सरकार छ भन्ने आवास जनतालाई नभएको बताएका छन् ।प्रदेशसभाको विशेष समय बोल्दै उनले प्रदेशमा बाढी पहिरो, लम्पी स्किन रोग र डेंगुले सर्वसाधारण पीडित भइरहँदा ‘यो कुर्सीबाट त्यो कुर्सी, यता पट्टीबाट उतापट्टी’ कहिले जाने भनेर मात्रै लागि परेको बताए।

अब हामी जनताप्रति जिम्मेवार हुने कि नहुने ? प्रदेशमा संसद् बनाएपछि हामीले सार्वभौम अधिकार प्रयोग गर्न पाउने कि नपाउने ?,’ उनले भने, ‘संसद्‌भित्र निकास खोज्ने अवस्थाको सिर्जना गर्न सकिरहेका छैनौं ।

सातवटा प्रदेशमध्ये बौद्धिक र सक्षम प्रदेश भनेर छाती फुलाएर बोल्यौं । तर यही हामी दरिद्रतामा छौं । त्यसको निकास खोज्न जरुरी छ ।’समस्या समाधान गर्न सक्ने अवस्था सिर्जना गर्न पनि उनले आग्रह गरे । साथै कोशी प्रदेश ‘बजेट होलिडे’मा जाने अवस्थामा पुगेको बताए । 

प्रतिक्रिया दिनुहोस