काठमाडौँ । कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित हुँदा समितिमा कोरम नपुगेको हो । बैठक सुरु हुनका लागि २६ सदस्यमध्ये १४ जना उपस्थित हुनैपर्छ ।
एमालेले समितिको यसअघिको बैठकमा नै सभापति चयन नभएसम्म बैठकमा नआउने जानकारी गराएको थियो । समितिको अध्यक्षता ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरिरहेका छन् ।
एमाले सचिव तथा लेखा समिति सदस्य योगेश भट्टराईले सभापति चयन नभएसम्मका लागि बहिष्कार गर्ने घोषणा गरेका थिए । केसीले सकेसम्म चाँडो समितिले सभापति चयन गर्नुपर्ने बताए । अहिले देखिएका गम्भीर विषयमा सभापति चयन नभई पनि छलफल गर्न कुनै आपत्ति नहुनुपर्ने बताए ।
गत वेशाख १५ मा संसदीय समिति गठन भए पनि सभापति चयन हुन सकेको छैन । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार सभामुखले समिति सभापति निर्वाचनको दिन तोक्नुपर्ने व्यवस्था छ । सभामुख घिमिरेले भने राजनीतिक दलहरूबीच सहमति नभएको भन्दै सभापति चयनको दिन तोकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक लेखा समितिको बैठक बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ
ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापतिका स्वकीय सचिव बर्खास्त
सरकारी जग्गा दुरुपयोग रोक्न र कब्जा गर्नेलाई कारबाही गर्न निर्देशन