काठमाडौं । कञ्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनमा शौचालयको सेफ्टी ट्यान्कीमा परेर हात्तीको मृत्यु भएको हो ।
“घरको सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा फसेपछि निस्किन नसकेर हात्तीको मृत्यु भएको हो,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले भने ।
उनका अनुसार बयस्क भाले हात्तीको मृत्यु भएको हो । उक्त क्षेत्रमा जंगली हात्ती हिँडिरहने गरेको मेहताको भनाइ छ ।
राति १२ बजेसम्म उक्त क्षेत्रमा हात्ती नदेखिएकाले बिहानीखको समयमा उक्त घटना भएको हुनसक्ने उनको भनाइ छ ।
मृत हात्तीलाई सेफ्टी ट्याङकीबाट क्रेन लगाएर निकाल्ने र शव परीक्षणपछि अन्त्येष्टि गरिने मेहताले जानकारी दिए । “हाम्रो टोली अहिले घटनास्थलमा पुगिसकेको छ । अब क्रेनले हात्तीलाई बाहिर निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गर्नेछौं,” उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, ०९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु
कञ्चनपुरमा हात्ती मृत फेला
निजी हात्ती : पहिले रहर अहिले कहर, व्यवसायी मारमा
जंगली हात्ती गाउँमा पसेपछि स्थानीयमा त्रास
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु