नेविसंघ असन्तुष्ट समुहले द्धय महामन्त्रीलाई बुझायो विधान

सफल खबर संवाददाता

मंगलबार, ३० साउन २०८०, १४ : ०२
नेविसंघ असन्तुष्ट समुहले द्धय महामन्त्रीलाई बुझायो विधान

काठमाडौं । बिधान सम्मत नेपाल विद्यार्थी संघ गठनको निम्ति आन्दोलनरत असन्तुष्ट पक्षले नेपाली कांग्रेसका दुई महामन्त्रीलाई ज्ञापन पत्र सहित नेविसंघको विधान बुझाएको छ ।

नेविसंघ नेता दीपक ओझाको नेतृत्वको टोलीले आज महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई एउटै स्थानमा भेटेर नेविसंघको विधान बुझाएका हुन् । अइतबार डा.शेखर कोइराला र रमेश लेखकलाई पनि ज्ञापनपत्र बुझाएका थिए ।

शनिबार महामन्त्री द्धय थापा र शर्माले भेट्ने समय नदिएपछि विद्यार्थीहरु आक्रोसित भएका थिए ।