मोरङ । विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही उपमहानगरपालिका-८ बस्ने ३१ वर्षीय रवी चन्द्र राई, उदयपुर गढी गाउँपालिका-८ बस्ने २५ वर्षीय ईन्द्र बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालका-५ बस्ने २४ वर्षीय सुजित डंगोल र मोरङ बेलबारी नगरपालिका-४ बस्ने २४ वर्षीय संजिव राई रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार खेम चन्द्र र रवी चन्द्रलाई १ ग्राम ५८ मिलिग्राम, को.१ ह ६३९५ नम्बरको टेम्पोमा सवार ईन्द्र बहादुर र सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम तथा प्रदेश १-०१-०१४ प ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई २ सय ८० मिलिग्राम अवैध लागूऔषधसहित पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागुऔषधसहित तीन जना पक्राउ
बाँकेमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेः चुनौतीपूर्ण बन्दै न्यूनीकरण
बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै
लागुऔषधको डिलर पक्राउ
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ
काभ्रेमा रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी