मस्को । रुसको एक पेट्रोल पम्पमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । रुसको दक्षिणी क्षेत्र दागेस्तानमा रहेको एउटा पेट्रोल पम्पमा भएको आगलागीमा तीन बालबालिकासहित २७ जनाको मृत्यु भएको हो ।
सोमबार राति मखचकलाको राजमार्गमा रहेको सवारीसाधन मर्मत पसलमा सुरु भएको आगलागी नजिकैको पेट्रोल पम्पमा फैलिएर विस्फोट भएको उद्धारकर्मीहरुले बताएका छन् । मखाचकला ६ लाखभन्दा बढी मानिसहरूको सहर, दागेस्तानको राजधानी हो । आगलागीको भिडियो फुटेजमा एक तले भवनमा आगलागी भएको देखाइएको छ ।
रुसको आपतकालीन मन्त्रालयले मंगलबार बिहान आगो निभाइएको जनाएको छ । घाइतेसमध्ये १० जनाको अवस्था गम्भीर रहेकोे रुसी उपस्वास्थ्यमन्त्री भ्लादिमिर फिसेन्कोले बताएका छन् । गम्भीर घाइतेहरुलाई उद्धार गर्न मखचकलामा विमान पठाइएको थियो ।
घाइते मध्ये १३ जना बालबालिका रहेका छन् । रुसी आपतकालीन सेवाले जारी गरेकोा विज्ञप्तिमा ६०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगो निभाउन अग्नि नियन्त्रकहरूलाई साढे तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ३० साउन २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिएको बीबीसीको दाबी
रुसद्वारा अंगारा–ए ५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण
युक्रेनमा रुसको हवाई हमला– ४ जनाको मृत्यु, ११ घाइते
रुसको एक कन्सर्टमा आक्रमण हुँदा ६० जनाको मृत्यु, १४५ बढी घाइते
रूस आणविक हतियार प्रयोग गर्न क्षमतावान छ : पुटिन
रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु : जेलेन्स्की