काठमाडौं । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार साहको शपथ सोमबार बिहान १० बजेका लागि तय भएको छ। जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।
अनितादेवीलाई सोही मन्त्रालयको जिम्मेवारी दिने तयारी छ। असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्ता गठबन्धनमा सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने