काठमाडौ । आज सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको हो। प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीबाट अनितादेवी साहलाई मन्त्री बनाउने भएका हुन्।
जनमत पार्टीले गत असार २६ गते नै मन्त्रीका लागि अनितादेवीको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ। तर त्यसको भोलिपल्ट (असार २७ गते) बिहानै प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको निधन भएपछि मन्त्री नियुक्ति रोकिएको थियो। आज भने प्रधानमन्त्रीले उनलाई मन्त्रीमा नियुक्ति गर्ने भएका हुन्।
यसैबीच प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ। त्यसैले अब अर्काे मन्त्री थप्दा यही संख्याभित्र समेट्नुपर्ने भएकाले कुनै एक मन्त्रीलाई हटाएर उनको ठाउँमा साहलाई राख्नुपर्ने बाध्यता प्रधानमन्त्री प्रचण्डलाई छ।
सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रको कोटामा जनमतबाट मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको छ। यसैले साहलाई मन्त्री बनाउन माओवादीले आफ्नो एउटा मन्त्रीलाई फिर्ता बोलाउनुपर्नेछ।
बालुवाटार स्रोतका अनुसार संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी छ।
हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ साउन २०८०, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने
सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म
मधेशीमाथि आक्रमण भएको भन्दै जनमत पार्टीको आपत्ति
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत