काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन । शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
अर्थमन्त्री महतले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढीरहेको बताए । उनले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताए ।
उनले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको बताए । उनले आइटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन आग्रह गरे ।
अर्थमन्त्री महतले नेपालको अहिलेको चुनौति भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी
आगामी वर्ष ऋण भुक्तानी गर्न एक खर्ब चाहिन्छ : अर्थमन्त्री महत
बजेटका अधिकांश सूचक सकारात्मक : अर्थमन्त्री महत