काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्नताको आशंका गरी पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए ।
शुक्रबार बिहान अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो ।
अध्यागमनले पक्राउ गरी सीआईबीलाई बुझाएका उनीहरूको सुन तस्करीमा संलग्नता नपाइएपछि रिहा गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । यसअघि भेपमा लुकाएर ल्याएको भनिएको १० किलो सुन तस्करीमा ली र लुई नाम गरेका चिनियाँ नागरिकको संलग्नताको आशंका गरिएको थियो ।
एक सय किलो सुन तस्करीमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशंका गरी राजश्व अनुसन्धान विभागले ती नामहरूलाई राडारमा राखेको थियो । मिल्दोजुल्दो नाम आएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।तर नियन्त्रणमा लिइएका व्यक्तिहरू सुन तस्करीमा संलग्न भनिएका ली वा लुई रहेको नपाइएपछि उनीहरूलाई शुक्रबार नै रिहा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ साउन २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता देखिएन : सीआईबी
६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ
सुन तस्करी प्रकरण : जीवन चलाउनेविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी
सुन तस्करी प्रकरणमा काठमाडौंबाट दुई जना पक्राउ
गृहले बनायो फेरि अर्को छानबिन समिति
पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा