काठमाडौँ । डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ । विश्व आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडौँको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
आफनो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताए ।
कार्यक्रममा जनमत पार्टीका नेताहरुले संविधानमा उल्लेख गरिएका आदिवासीहरूको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिहरूको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने
सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म