सुन तस्करी प्रकरणमा महरा दोषी पाइए कारबाही हुन्छः अग्नि सापकोटा

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, १५ : १८
सुन तस्करी प्रकरणमा महरा दोषी पाइए कारबाही हुन्छः अग्नि सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सुन प्रकरणमा कृष्णबहादुर महरा दोषी पाइए कारबाही हुने बताएका छन् ।

प्रवक्ताको जिम्मेवारी पाएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले आफू सुशासनको पक्षमा रहेको र पार्टीभित्र पनि कोही दोषी पाइएर त्यस्ता कार्यमा संलग्न भएको पाईएमा कारबाही हुने बताएका हुन् ।

सुन तस्करी विषय राजश्व र सुशासनको हिसाबले निकै महत्वपूर्ण रहेको उनले बताए । सुन प्रकरणमा आफूमाथि मिडियामा विभिन्न कुराहरु आएपछि महराले आफूमाथि सरकारले छानविन गरोस् भन्ने चाहेको सापकोटाले बताए ।

‘सुन प्रकरणमा आफूमाथि पनि सरकारले छानबिन गरोस् म सघाउन तयार छु भनेर बाहिर मिडिया र केन्द्रीय समिति बैठकमा पनि भनिसक्नुभएको छ । यदि तथ्य र प्रमाणले पुष्टि भए छानबिन हुन्छ,’– सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस