सार्वजनिक जग्गा ‘कब्जा’

पत्रपत्रिकाबाट

आइतबार, २७ साउन २०७५, ०८ : ४८
सार्वजनिक जग्गा ‘कब्जा’

प्रतिकात्मक फोटो

बुटवल । प्रदेशका विभिन्न जिल्लाका सार्वजनिक जग्गा व्यक्ति र संस्थाले कब्जा गरिरहेका छन् । कसैले किर्ते गरेका छन् भने केहीले धार्मिक आस्थालाई आधार बनाएका छन् । पश्चिम नवलपरासीदेखि बर्दियासम्मै जग्गा कब्जाको शृंखला छ ।

विभिन्न तहका जनप्रतिनिधि सहभागी कार्यदलका अनुसार बुटवलमा मात्रै १६ हजार १ सय ९३ घर सार्वजनिक क्षेत्रमा बनेका छन् । तिनाउ तटीय क्षेत्र पूरै कब्जा गरेर बस्ती बसाइएको छ । मैदान, नहर अतिक्रमणमा परेका छन् । तिलोत्तमा नगरपालिकामा पनि वन र नदी तटीय क्षेत्रमा बस्ती छन् । तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले ३, ६, ८, १०, ११ र १२ वडामा यस्तो समस्या रहेको बताए । जग्गा अतिक्रमणले विकासकार्य प्रभावित भएपछि नगरपालिकाले सार्वजनिक जग्गाको लगत संकलन थालेको छ । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस