काठमाडौं । गृह मन्त्रालयले जाजरकोट र अछाममा नयाँ प्रमुख जिल्ला अधिकारी(सिडिओ) पठाएको छ। जाजरकोटको रिक्त प्रजिअमा हाल मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जिम्मेवारी पाएका छन् भने अछाममा मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेललाई पठाइएकाे छ ।
अछामका प्रजिअ शिवराम न्यौपानेले स्वास्थ समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनकाे स्थानमा पाेखरेललाई पठाइएकाे हाे । सुनारले पनि यसअघि मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेको अनुभव छ। उनी डोल्पा र बझङमा प्रजिअ भइसकेका छन्।
पोखरेलसँग मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ भने उनी राष्ट्रिय परिचयपत्र विभाग तथा प्रहरी किताबखानाको निर्देशक समेत भइसकेका छन् । उनले काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा जिम्मेवारी पूरा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोटको विद्यालयलाई ७ लाखभन्दा बढी सहयोग हस्तान्तरण
जाजरकोटको चौखामा विद्युत् सबस्टेशन निर्माण
भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते
बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु
एमाले जाजरकोटको अध्यक्षमा शाही विजयी
जाजरकोट भूकम्प प्रभावित पालिका विपद् संकटग्रस्त क्षेत्र घोषणा