काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले धनुषाकी आरती साहको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । राजधानीको माइतीघरमा धर्नामा बसेका साहका परिवारसँगको भेटघाटका क्रममा शनिबार राउतले आरतीको हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
धनुषाकी २२ वर्षीय आरती साहको गत जेठ ७ गते दाइजो कारण हत्या भएको माइती पक्षको आरोप छ । हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै आरतीको माइती पक्ष र आफन्तले डेढ महिनादेखि माइतीघरमा धर्ना दिइरहेका छन् । पैसा र राजनैतिक पहुँचको आडमा सो हत्याकाण्डलाई ढाकछोप गर्ने षडयन्त्र भैरहेको पनि आरतीका माइती पक्षका परिवारको आरोप छ ।
घटनाबारे बयान लिने बहानामा आरतीको परिवार र माइती पक्ष बोलाएर प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमले कुटपिट गरेको आरतीको परिवारले जनाएको जनमत पार्टीले जनाएको छ ।
प्रहरीले सो घटनाको मुद्दा दर्ता नगरेको र छानबिनलाई प्रभावित पार्दै आएको भन्दै प्रहरीलाई पनि छानबिनको दायरमा ल्याउन जनमत पार्टीले माग गरेको छ । पीडितहरूले डेढ महिनादेखि न्यायका लागि माइतीघर मण्डलामा धर्ना दिँदै आएको बताउँदै अध्यक्ष राउतले दोषीहरूलाई अविलम्ब कारबाहीको दायरमा ल्याउन माग गरे । साथै पीडित परिवारको संघर्षमा साथ र सहयोग रहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने
सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म