जाजरकोट । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ अन्तर्गत त्रिपुराकोटमा पर्ने प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरको सिँढी तोडफोड भएको छ ।अज्ञात समूहद्वारा मन्दिरको दक्षिणतिर बनाइएको एक हजार आठ सिँढीमध्येका सोह्रवटा सिँढी तोडफोड भएको हो ।
हिन्दूहरुको पवित्र शक्तिपीठसँगै मन्दिर जन्माउने मन्दिरका रुपमा परिचित त्रिपुरासुन्दरीमा शृङ्खलाबद्ध रुपमा तोडफोड भइरहेको अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले बताए ।
विभिन्न सरकारी निकायबाट सहयोग मागेर बनाइएका सोह्रवटा सिँढीका ढुङ्गाहरु हथौडा प्रयोग गरेर तोडफोड भएको उनले जानकारी दिए । यस्तो किसिमको गलत काम कुनै धर्म विरोधी तत्वको हुनसक्ने भएकाले पत्ता लगाउन कानुनी रुपमा अघि बढ्नाका साथै स्वयं जगत् जननी मातासँग पनि भाकल गरिएको समेत उपाध्यायको भनाइ छ ।
यसअघि पनि अज्ञात समूहले मन्दिरका सिँढी तोडफोड गरेपछि विज्ञप्ति नै निकालिएको थियो । त्रिपुरासुन्दरी मन्दिर दर्शनका लागि देशविदेशबाट भक्तजनहरु आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २० साउन २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाक्री विजयी
यार्सा टिप्न गएकी २२ वर्षीया युवतीको मृत्यु