धनगढी । अन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा सोमबार र मंगलबार गरी दुई पटक बालुवाटारमा बसेको मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीबीचको छलफलपछि सो पार्टी सरकार जान सहमत भएको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले छलफलपछि भने, ‘हामीबीच सहमति भएको छ । दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको छ । बिहीबार सरकारले पूर्णता पाउँछ ।’
यहाँ ४ वटा संसदीय समिति रहेको छ । भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । भने, सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन्।त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले यसअघि पाउने भनिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र सो मन्त्रालय अन्तरगतको एक राज्यमन्त्री पाउने भएको हो ।
साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।
यहाँ नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद छन् । २ जना सांसदलाई यसअघि नै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी दिइसकेको छ । जसअनुसार बाँकी सांसदलाई जिम्मेवारी दिने तयारी गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित, पार्टीको नाम नागरिक जनमत
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी
नागरिक उन्मुक्ति पार्टीको बैठक बस्दै
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे पार्टी
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश