जलवायु परिवर्तन र वातावरणीय प्रभावका कारण खानेपानी वितरणमा समस्या भयो : मन्त्री यादव

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १९ : १८
जलवायु परिवर्तन र वातावरणीय प्रभावका कारण खानेपानी वितरणमा समस्या भयो : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण खानेपानी वितरणमा समस्या आएको बताएका छन ।

आइतबार खानेपानी मन्त्रालयले खानेपानीका वर्तमान समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन। उनले नेपाल पानीको धनी मुलुक भएपनि जलवायु परिवर्तन र वातावणीय प्रभावले पानीका मुहानहरु सुक्ने भएकाले प्राप्त खानेपानी वितरणमा चुनौति थपिएको बताए ।

मन्त्री यादवले खानेपानीमा थपिएको समस्या दीर्घकालिन समस्या समाधानको लागि नसोचेर वर्तमान परिस्थितिमा खानेपानीको समस्या समाधान गर्न नसकिने उल्लेख गरे । उनले तराई मधेसमा पानीको सतह घट्दै जानु र पहाडमा पानीका मुलहरु सुक्दै जाने समस्या दीर्घकालिन रुपमा समाधान गर्ने उपायको खोजिमा सरकार लागेको बताए ।

मन्त्री यादवले खानोपानी, वन, भौतिक र सिंचाई मन्त्रालय सहितको राष्ट्रिय खानेपानी समस्या समाधान कमिटी बनाएर समस्याको पहिचान गर्ने र यसको दीर्घकालिन समस्या समाधान गर्ने मुख्य उद्देश्य सरकारको रहेको बताए । उनले बहुवर्षिय योजना बनाएर ठूला खोलाहरुबाट पानी वितरण प्रणालीमा ल्याउन सरकारले अनुसन्धान गरिहरको बताए । उनले तत्काल पानीको मुललाई संरक्षण गर्नको लागि भौगोलिक अवस्थाले पहाड र चुरे क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री यादवले आवश्यकता भन्दा धेरै पानी खर्च गर्ने पुरानो परम्परालाई छाडेर पानी वितणलाई व्यवस्थित बनाउनुपर्ने बताए। उनले सुकेको मुललाई संरक्षण गर्न तराईमा पोखरी खन्ने वा चुरे क्षेत्रमा ड्यामहरु बनाएर पानीलाई रिचार्ज गर्नु आवश्यक रहेको बताए । उनले चुरेको विनाशका कारण तराई मधेसमा पानीको सतह कम हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस