काठमाडौं । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ । आजको कान्तिपुरको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।
हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पत्र(ट्राभल डकुमेन्ट कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।
सरकारले संसदमा पेश गरेको रहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रसताव गरेको छ ।
थपिने दुई प्रकारका राहदानीमा सर्भिस पासपोर्ट र सिम्यान्स पासपोर्ट छन् । विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट दिने व्यवस्था गरिएको छ ।
पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै सिम्यान्स पासपोर्ट का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २५ साउन २०७५, ०७ : १६
लेखकबाट थप