काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारमा चोरी पैठारी बढ्दा राजस्व कम उठेको बताएका छन् । सोमबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै अर्थमन्त्रीले यस्तो बताएका हुन् ।
‘गत वर्ष सामान कम आयात भएर राजस्व कम उठ्यो । चोरी पैठारी बढ्यो । सामान समानन्तर किसिमबाट प्रवेश गरेको छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘सुरक्षा निकायको समन्वयमा यो प्रवृत्ति अन्त्य गर्नुपर्छ । केन्द्रमा पनि गृह र अर्थ मन्त्रालयको समन्वय हुन्छ, जिल्ला तहमा पनि त्यो समन्वय हुनुपर्छ ।’
उनले भन्सार कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिए । अहिले राजस्व कम उठ्नुका धेरै कारण रहेको भन्दै उनले केही समयअघि आयात रोकिएको उल्लेख गरे । यसले भन्सार राजस्व कम उठेको उनको भनाइ छ । आन्तरिक आर्थिक गतिविधिमा कमी भएपछि राजस्व कम उठेको र नाका तथा नाकाबाहिरबाट चोरी पैठारी हुँदा पनि राजस्व घटेको बताए ।
दुरुपयोग या गैरकानुनी तरिकाबाट नाका र नाकाबाहिरबाट हुने प्रवेशलाई सरकारले गम्भिरताका साथ लिएको उनले बताए । उनले भैरहवा भन्सारमा आधुनिक मेसिनको आवश्यकता रहेको समेत बताए ।
‘संयन्त्रमा जे कुराको आवश्यकता छ, आधुनिक मेसिनको आवश्यकता छ, अरु सहयोगी संरचना नभएर काममा बाधा परेको छ भने त्यो बाधा फुकाउन मन्त्रालय तयार छ । आवश्यकता सामग्रीको फेहरिस्ता दिनुस् हामी पूरा गर्छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ साउन २०८०, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी
आगामी वर्ष ऋण भुक्तानी गर्न एक खर्ब चाहिन्छ : अर्थमन्त्री महत
बजेटका अधिकांश सूचक सकारात्मक : अर्थमन्त्री महत