काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेपछि आइतवार सुनुवाइ हुन सकेन ।न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आइतवार पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेपछि सुनुवाइ हुन नसकेको हो ।
यस अघि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै दीर्घकालीन कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो ।सोही इजलासले साउन ७ गतेदेखि निरन्तर पेशीमा राखी मुद्दाको सुनुवाइ गर्न आदेश समेत गरेको थियो ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाको नियुक्ति गैरकानूनी रहेको भन्दै मुद्दा दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, १५ : ३६
लेखकबाट थप