धनगढी । कैलालीको धनगढीका मानबहादुर राना कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिक–११ बेलाका ३३ वर्षीय राना ३ ग्राम लागुऔषधसहित पुनर्वासबाट पक्राउ परेका हुन्। बिहीबार दिउँसो लागुऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतको खजुरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनी लागुऔषधसहित पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनामा पक्राउ परेका थप १० जना हाजिर जमानीमा रिहा
३ सय २३ किलो गाँजासहित एक जना पक्राउ
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ