एजेन्सी । दक्षिण कोरियामा गएको बाढीमा मृत्यु हुनेको संख्या ५२ पुगेको छ।
बाढीका कारण चेङ्गु सहरको सुरुङमा धेरै मानिसहरू फसेका छन्। उक्त सुरुङबाट हालसम्म १३ जनाको शव उद्धारकर्मीले निकालेका छन्।
शनिबार राति खोला बगेपछि चेङजु सहरको सुरुङ पानीले भरिएको थियो। बाढीका कारण ६८३ मिटर लामो सुरुङमा धेरै सवारीसाधन फसेका छन्। तीमध्ये अधिकांश कारमा सवार थिए। यसबाहेक सुरुङमा बस पनि फसेको छ।
सुरुङमा कति मानिस फसेका छन् भन्ने खुलेको छैन। वर्षा र बाढीका कारण थप ३९ जनाको ज्यान गएको बताइएको छ।
अविरल वर्षा र बाढीका कारण देशका विभिन्न ठाउँमा पहिरो खसेको छ भने विद्युत सेवा पनि अवरुद्ध भएको छ। सोमबार बिहानसम्म नौ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
सुरुङबाट निकालिएका शव सबै बसमा सवार थिए। यसबाहेक नौ जनालाई जीवितै उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ साउन २०८०, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे