काठमाडौँ । समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । शनिबार बसेको मोर्चाको बैठकले मोर्चा सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । मोर्चालाई व्यवस्थित पार्दै सातै प्रदेश र ७७ जिल्लामा विस्तार गरिने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
एक प्रदेशमा बढीमा ५ जना र जिल्लामा बढीमा ३ जना प्रत्येक पार्टीबाट समेटिनेगरी मोर्चा बनाइने भएको हो । ‘हामीले प्रदेश र जिल्लामा मोर्चा विस्तार गरेका छौं, एक प्रदेशमा बढीमा ५ जना र जिल्ला तहमा बढीमा ३ जना राखेर मोर्चा राखिने छ’ पाण्डेले भने, ‘अरु आवश्यकताअनुसार स्थानीय तह र जनवर्गीय संगठनमा समेत संयुक्त मोर्चा बनाउने तयारीमा छौं ।’
समाजवादी मोर्चाको साउन १२ गतेदेखि साउन २२ गतेसम्म संयुक्त कार्यक्रम गरिने पाण्डेले बताए । मोर्चाको नेतृत्व ४/४ महिनामा परिवर्तन हुने भएको छ । हाल मोर्चाको नेतृत्व माधवकुमार नेपालले गर्दै आएको पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस
समाजवादी मोर्चाको प्रदर्शन सुरु
भृकुटीमण्डपमा प्रचण्डसहित ४ नेताले मात्रै सम्बोधन गर्ने