काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताएका छन् ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताए ।
अध्यक्ष ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताए । उनले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेहरुसँग रमाउन थालेको बताए ।
अध्यक्ष ओलीले आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने बताए । उनले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको बताए । अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल
संविधान संशोधनका बिषयमा भ्रम फैलाइयो : प्रधानमन्त्री ओली
एमालेमा कुनै पनि किसिमको गुटबन्दी स्वीकार्य छैन : अध्यक्ष ओली
एमाले कांग्रेसबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
कांग्रेस पार्टी कार्यालयमा पुगे ओली