कुलेन्द्र विश्वकर्माले ल्याए ‘आँखैमा बसेकी मायालु’

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८०, ०९ : ५१
कुलेन्द्र विश्वकर्माले ल्याए ‘आँखैमा बसेकी मायालु’

काठमाडौ । थुप्रै मोहनी गीतका गायक कुलेन्द्र विश्वकर्माले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । बिहीवार बिहान उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘आँखैमा बसेकी मायालु’बोलको गीत स्रोता दर्शकमाझ ल्याएका हुन् । 

यो मायाप्रेममा आधारित प्रेमगीत हो । कुलेन्द्र र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतका शब्द प्रल्हाद सुवेदीले कोरेका हुन् । 

बसन्त थापाको संगीत रहेको गीतलाई एरेन्ज आशिष अविरलले गरेका हुन् । 

भिडियोमा पनि कुलेन्द्र स्वयंमले नृत्य एवं अभिनय गरेका छन् । उनको जोडीका रुपमा मोडल अञ्जली अधिकारी छिन् । 

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई अजय रेग्मीले छायांकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस