काठमाडौं।जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई पछाडि हात बाँधेर यातना दिएको भिडियो बाहिर आएको छ ।जवान अनु रायलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमन्त राईले यातना दिएको आरोप छ ।प्रहरी जवान रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भन्दै भिडियो बाहिरिएको हो ।
२ मिनेट १८ सेकेन्डको भिडियोमा जवान रोएको देखिन्छ ।उनले 'यसरी यातना नदिनुस्, बरु मार्दिनुस्' भनेर याचना गरेको दृश्य समेत भिडियोमा छ ।मादक पदार्थ कहाँ सेवन गरिस् ? भनेर सोधखोज भएको र उनले मादक पदार्थ सेवन गरेको छैन भनेको पनि भिडियोमा देख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्रराज पाण्डेले प्रहरी सेन्ट्रीलाई अवरोध गरेको तथा मार्छु र आफू पनि मर्छु भन्ने खालका अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको दाबी गरे ।
‘सेन्ट्री नबस्ने, हतियार खोस्ने, मर्छु भन्ने कुरा गरेकाले हामीले नियन्त्रणमा लिएका हौं,’ प्रवक्ता पाण्डेले लोकान्तरसँग भने ।उनले त्यो समयमा मादक पदार्थ वा अन्य कुनै पनि नशालु पदार्थ सेवन गरेको पुष्टि नभएको पनि बताए ।‘अस्पतालमा मापसे चेक गरेका थियौं, तर नेगेटिभ रिपोर्ट आएको छ र अन्य त्यस्तो नशालु पदार्थ सेवन गरे/नगरेको पुष्टि छैन,’ डीएसपी पाण्डेले भने ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले यसबारेमा अहिले जानकारी नभएको र सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको बताए । ‘मैले यस विषयमा मिडियाबाट थाहा पाएँ, के भएको भन्ने विषयमा बुझ्दैछौं,’ डीआईजी कडायतले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैंलाई गोली हानेका प्रहरीजवान बिष्टको उपचारको क्रममा मृत्यु
आफैँलाई गाेली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
भागेका थुनुवा पक्राउ गर्न जाँदा लडेर प्रहरी जवानको मृत्यु