काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालक अपहरण, खोजी कार्य जारी

सोमबार, २१ साउन २०७५, १२ : १८
काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालक अपहरण, खोजी कार्य जारी

काठमाडौँ । काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालक अपहरणमा परेका छन् । स्थानीय चमेली खड्काकी छोरा निशान खड्का आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । निशान आइतबार बेलुकादेखि हराएका थिए ।

अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको छ । बालकलाई अपहरण गरेको भन्दै चालिस लाख रुपैयाँ फिरौती रकम मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।

‘प्रहरीले अनुसन्धान गर्दैछ’, पोखरेलले  भने,‘ खोजी कार्य जारी छ ।’ परिसरका एसएसपीसहित १ सय जनाको टोली बालक खोज्न परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस