काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न राजस्वका कर्मचारीलाई निर्देशन दिए।बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीलाई उनले उच्च मनोबलकासाथ काम गर्न आग्रह गरे । उहाँले सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न आग्रह गरे ।
अर्थमन्त्री महतले व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस् भन्दै सजग गराए । अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम स्रोत जुटाउने भएको भन्दै उनले राज्यका आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा अर्थ मन्त्रालय मातहतका कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए ।
राजस्वको दायरा बढाउँछौं भनेर मात्र नहुने भन्दै उनले अर्थतन्त्रले गति लिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत् पुँजीगत खर्च चलायमान बनाउने लक्ष्य राखेको अर्थमन्त्री महतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० असार २०८०, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी
आगामी वर्ष ऋण भुक्तानी गर्न एक खर्ब चाहिन्छ : अर्थमन्त्री महत
बजेटका अधिकांश सूचक सकारात्मक : अर्थमन्त्री महत
जनतालाई सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री महत
सहकारीको बचत दुरुपयोग गर्नेहरु कानुनी कठघरामा आउँछन् : अर्थमन्त्री महत
युवाहरुले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री महत