कराँते खेलाडी सुमनलाई अमेरिकामा स्वर्ण

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १६ : ५२
कराँते खेलाडी सुमनलाई अमेरिकामा स्वर्ण

काठमाडौँ । नेपाली कराँते खेलाडी सुमन तिमल्सिनाले यूएस ओपन आईएसकेए विश्व मार्सल आर्टस च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण पदक जितेका हुन् । इन्टरनेसनल स्पोर्टस कराँते एसोसिएसन आईएसकेए यूएसएको आयोजनामा फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९.९५ अंक जोडेका थिए । प्रतियोगितामा ग्वाटेमालाका खेलाडी दोश्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेश्रो भए । 

सुमनले प्रतिस्पर्धा गरेको स्पर्धामा विभिन्न राष्ट्रका १२ जना खेलाडी सहभागी थिए । प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो । सुमनले यसअघि बंगलादेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली कराँतेमा स्वर्ण र श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय कराँतेमा स्वर्ण पदक जितेका थिए ।  यसैगरी उनले भारतमा भएको छैटौं एसियाली गोजुरियो कराँतेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराँतेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन कराँतेमा स्वणर् र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्टस ई–कातमा स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस