काठमाडौं। सन् २०२३ को ६ महिनामा हवाई मार्गबाट ७२ हजार २५० जना पर्यटक नेपाल आएका छन् । गत वर्ष यो अवधिमा नेपाल आउने पर्यटकको संख्या जम्मा ४६ हजार ९७५ जना मात्रै थियो ।
अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल आउने पर्यटकको संख्या कोभिडपछि बढेको हो । कोभिडका कारण पर्यटनमा परेको असरका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन ओरालो लागेको थियो ।
सन् २०२३ को जुन महिनामा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय छन् । नेपालमा आउने भारतीय पर्यटकको संख्या जुन महिनामा मात्रै ३८ हजार ८४५ रहेको तथ्यांकले देखाएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार नेपाल आउने पर्यटकमा जुन महिनामा अमेरिकी पर्यटक ८ हजार ४७०, चिनियाँ पर्यटक ४३ सय ४३, बंगलादेशी २४ सय १ र बेलायती १९ सय ९२ जना नेपाल आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए
नयाँ वर्षसँगै बढ्यो पर्यटकको चहलपहल, व्यवसायी उत्साहित
कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण
अब रारामा पर्यटक प्रहरी रहने
जनवरीमा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण
६ महिनामा एक लाख बढीले घुमे चितवन राष्ट्रिय निकुञ्ज