काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी रहेको बताएका छा। नारायण विलास जोशी स्मृतिको ३४ औँ स्मृति दिवसको अवसरमा आज (आइतबार) भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भएपनि जनजीवनमा परिवर्तनको काम बाँकी रहेको बताए ।
अध्यक्ष नेपालले जनतालाई समानता र अवसर प्रदान गर्नु प्रमुख आवश्यक भएको बताए । उनले भने, ‘राजनीतिक क्रान्तिको काम सम्पन्न गर्यौं। अब अर्को महत्त्वपूर्ण काम गर्न बाँकी छ, जनताको जीवनमा आमुल परिवर्तन गर्ने, जनताको जीवन सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने काम बाँकी छ। जनतालाई समानता र अवसर दिनुपर्छ।’
यी सबै काम कम्युनिष्ट पार्टीको सरकारले गर्न सक्ने र कम्युनिष्ट पार्टीले मात्रै त्यो गर्न सक्ने जिकिर गरे । सरकारको नेतृत्व गरिरहनु भएका प्रचण्डले समाजवादी यात्रामा देशलाई कसरी अगाडि बढाउने भन्नेतर्फ पहल गरी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ असार २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान
महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ : माधवकुमार नेपाल
विश्वविद्यालयहरुले समयसीमा भित्र रहेर शैक्षिक कार्यक्रमहरु तय गर्नुपर्छ : माधव नेपाल