विद्युत र उर्जाले बजार नपाउने अवस्था आउन सक्छ : गणेश कार्की

सफल खबर संवाददाता

शनिबार, १६ असार २०८०, १६ : ०३
विद्युत र उर्जाले  बजार नपाउने अवस्था आउन सक्छ : गणेश कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संघ (इपान) का अध्यक्ष गणेश कार्कीले विद्युत उत्पादक उत्पादित विद्युत र उर्जाले बजार नपाउने अवस्था आउन सक्ने बताएका छन । 

अध्यक्ष गणेश कार्की शनिबार आयोजित जनता हाइड्रो सम्मेलनमा त्यस्तो धारणा व्यक्त गरे । प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो भारत भ्रमणको दौरान भएको १० वर्षमा १० हजार किलोवाट को विषयले लगानीकर्तालाई उत्साहित बनाएको उनको भनाई छ । 

कार्कीले अब जलविद्युत क्षेत्रको माध्यमबाट विकासको खाका तीव्र रुपमा अघि बढाउनुको विकल्प नरहेको विचार व्यक्त गरे । संकटकालको घोषणा गर्दै उर्जाको क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना नगरे लगानीकर्ताहरु निरुतसाहित हुन सक्ने उनको धारणा छ । 

प्रतिक्रिया दिनुहोस