भारतले बिजुली दिएन भने अझै धेरै लोडसेडिङ हुन्छ : इप्पान अध्यक्ष कार्की

सफल खबर संवाददाता

शुक्रबार, ०५ पुस २०८१, १२ : ५५
भारतले बिजुली दिएन भने अझै धेरै लोडसेडिङ हुन्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संघ (इप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पूर्वाधार क्षेत्रको विकास गर्न नसके कसैले पनि गर्न नसक्ने बताएका छन् ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभाको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले भने, ‘देश विकासमा पूर्वाधारको विकास महत्त्वपूर्ण रहेको छ । हाम्रो राष्ट्रमा व्यवसायीहरूको दुःख पनि छ । पूर्वाधारको विकासका लागि सिमेन्ट अत्यन्तै आवश्यक हो । यस्ता सिमेन्टको विषयमा मूल्य बढाउनेलाई कारबाही गर्नुपर्छ ।’

उनले सिमेन्टको मूल्य बढाउँदा आयोजनाहरूको लागत कति पुग्छ थाहा नहुने बताए ।‘भारतबाट विद्युत् आएन भने अझै लोडसेडिङ हुने अवस्था छ । आफ्नै उत्पादनले हामी लोडसेडिङ मुक्त हुन सक्नुपर्‍यो’, अध्यक्ष कार्कीले भने, ‘अहिले हाम्रा समस्या सुनिएको छैन । सरकारले हाम्रा समस्याहरू सुनिदिनुपर्छ । अहिलेको सरकार बलियो सरकार छ । अहिले ऊर्जा क्षेत्रमा केही भएन भने कहिल्यै पनि केही हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस