चितवन । नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न भएको छ । सभामा महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सभा सकिएको हो ।
महानगरपालिकाले आर्थिक वर्ष २०८०\ ०८१ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट बजेट पास गरेको छ । १३ औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० पारित गरेको छ । यस्तै नगर सभाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सशर्त अनुदान धुर्मुस सुन्तली फाउण्डेसनलाई अनुदानका रुपमा भुक्तानी गर्ने सर्वसम्मतले पारित गरेको छ ।
नगर सभा समापन कार्यक्रममा मेयर दाहालले सबै नगरबासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताइन् । भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उनको भनाइ थियो । नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वन हुनेमा विश्वस्त रहेको मेयर दाहालले बताइन् ।
आइतबार महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट बिनियोजन गरेका थिए । यसको व्यवस्थापन केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार रुपैयाँ, जनसहभाागिताबाट ५० करोड, बैंक मौज्दातबाट एक अर्ब ६५ करोड तथा सडक बोर्ड नेपालबाट तीन करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरेका छन् ।
अन्तर सरकारी अख्तियारी शिर्षकमा महानगरपालिकाले एक अर्ब १० करोड रुपैयाँ अनुमानित आय हुने अनुमान गरेको छ । जसलाई अन्तर सरकारी अख्तियारी शीर्षकबाट खर्च तथा लेखाङ्कनको प्रबन्ध मिलाउने बताइएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि एक अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई दुई करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपैयाँ बिनियोजन भएको छ ।
सभामा १५ जना सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुरमा मापदन्ड बिपरितका संरचना घरधनी आफैले भत्काउन थाले
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष
भरतपुर महानगरको पुँजीगत खर्च ५६ प्रतिशत मात्र
भरतपुर भ्रमण वषको कामः पर्यटक भित्र्याउन सकारात्मक योगदान
बेपत्ता यात्रु र बस खोज्न हात्ती सहितको टिम परिचालन