पर्यटनमन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधे ९ बुँदे स्पष्टीकरण

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, १२ : २७
पर्यटनमन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधे ९ बुँदे स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार मन्त्रीस्तरीय निर्णय अनुसार ७ दिनभित्र जवाफ पेस गर्ने गरी महानिर्देशक अधिकारीलाई प्रस्टीकरण सोधिएको हो ।

 

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधेका छन् ।

 

यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थाबारे पनि जिम्मेवारी अधिकारीका हिसाबले मन्त्री किरातीले उनीसँग प्रस्टीकरण सोधेका छन् ।

 

प्रतिक्रिया दिनुहोस