काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन ।
सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए । उनले बजेट असार १३ गते कुनैपनि संशोधन बिना पास हुने बताए । उनले आफूले बजेट ल्याउँदा सिमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उहाँले आजको वास्तविकतामा बजेट आएको बताए।
उनले बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सिमित रहेको बताए । उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि बताए । मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी
आगामी वर्ष ऋण भुक्तानी गर्न एक खर्ब चाहिन्छ : अर्थमन्त्री महत
बजेटका अधिकांश सूचक सकारात्मक : अर्थमन्त्री महत
जनतालाई सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री महत
सहकारीको बचत दुरुपयोग गर्नेहरु कानुनी कठघरामा आउँछन् : अर्थमन्त्री महत
युवाहरुले सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री महत