काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहेका गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको डीएसपी लामिछानेले बताए । उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अरू घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।
सहिद लखन गाउँपालिका–३, चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५, ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटनामा परेको हो ।घटनालगत्तै डीएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । जीप सडकबाट झन्डै २०० मिटर तल खसेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते
गुल्मीमा जीप दुर्घटना, एकजनाको मृत्यु