ट्यनिस । पूर्वी–मध्य ट्यनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । साथै अन्य ३४ जना घाइते भएका छन् ।
ट्यनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो । पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ ।
उक्त ट्रेन ट्यनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसीएफटीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ असार २०८०, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झारखण्डमा रेल दुर्घटनाः २ जनाको मृत्यु, २० घाइते
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा रेल दुर्घटना : पाँचको मृत्यु, २५ जनाभन्दा बढी घाइते
अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, घाइते ६० जना अस्पतालमा