काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टी एकतासहित संगठनलाई चलायमान बनाउन आवश्यक कार्ययोजना तय गर्न माओवादी केन्द्रले असार तेस्रो साता केन्द्रीय समिति बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालयको सचिवलयले बैठक असार २३ गतेदेखि सुरु हुने जनाएको छ । चार दिनसम चल्ने बैठकमा पार्टीको २ महिने अभियान,सरकारको काम कारवाही, समाजवादी मोर्चा र नेसपासँगको एकताको बिषयमा छलफल हुनेछ ।
नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीच एकताबारे लामो समयदेखि छलफल भइरहेपनि मूर्तरुप लिन नसकेको सन्दर्भमा केन्द्रीय समिति बैठकमा यसबारे पनि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
प्रतिपक्षको भूमिकालाई अवसरका रूपमा लिन्छौँ : सचिव शाक्य
माओवादीको पदाधिकारी बैठक खुमलटारमा सुरु
माओवादी केन्द्रको बैठक दिउँसो २ बजेलाई सर्यो
वर्तमान सरकार असफल भइसक्यो : अग्निप्रसाद सापकोटा